काठमाडौं । केही समययता स्वास्थ्य सुरक्षा सर्तकताको नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्याउने लगायतका अत्यन्त अमानवीय कार्यहरु भैरहेको प्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यसप्रकारका अवाञ्छित क्रियाकलापमा संलग्न कूनैपनि व्यक्तिहरुलाई प्रचलित कानून बमोजिम हदैसम्मको सजांय हुने पनि जनाइएको छ ।
गृहमन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापी महामारीका विरुद्ध लड्नको लागि हामी सवैले सामुहिक प्रयास गर्नुपर्नेमा एक आपसमा नै निषेधको बाटो अपनाउनु निश्चय पनि राम्रो होईन । नेपाल सरकारको निर्णयले संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरेको यस आदेशको कार्यान्वयन गर्न नेपाल सरकारले नेपाल राज्यका सवै प्रमुख जिल्ला अधिकारीहरुलाई मुकरर गरेको र जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्याउने जुनसुकै व्यक्तिलाई पनि सोही कानून बमोजिम सजांय हुने प्रावधान समेत रहेको व्यहोरा सम्बन्धित सवैलाई जानकारी नै छ । यस पृष्ठभूमिमा उपरोक्त किसिमका कुनै पनि अवाञ्छित गतिविधिहरु कुनैपनि निकाय वा व्यक्तिहरुबाट नगर्नु नगराउनु हुन गृह मन्त्रालय सम्बन्धित सवैलाई हार्दिक अनुरोध गर्दछ ।’
प्रतिक्रिया