पुराना ब्याट्रीले मोवाइल टावरमा समस्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ भाद्र २०७१, आईतवार ११:२१

काशीराम शर्मा/

बाँके २९ भाद्र  । बाकेको राप्तीपारी क्षेत्रमा मोवाईल फोन सेवा पटक पटक अवरुद्ध हुने गरेको छ । मटेहियामा राखिएको नेपाल टेलिकमको टावरमा आउने गडबडिका कारण स्थानीयबासिन्दा मोवाईलमा टावर आउने जाने भईरहदा समस्यामा परेका छन् ।

मटेहियाका स्थानीय बासिन्दा युवराज मौर्यका अनुसार टावरका लागि नेपाल टेलिकमले ४० वटा सोलार राखेको छ । सोलार नयाँ भएपनि ब्याट्री पुरानो भएका कारण समस्या आएको मौर्यको भनाई छ ।
बिहान र राती अधिकांश समय मोवाईलमा नहुदा समस्या भएको स्थानीय बासिन्दाले जनाएका छन् । दिउँसो १२ बजेदेखि बेलुका ५ बजेसम्म मात्रै मोवाइलमा टावर हुन्छ, मौर्यले भने, ‘अरु समयमा केही पर्दा ठुलो समस्या हुने गरेको छ ।’ हात हातमा मोवाइल भएपनि टावरका लागि घण्टौंसम्म पर्खनुपर्ने बाध्यता भएको स्थानीयबासिन्दाको भनाई छ ।
अधिकांश विहानीको समयमा मोवाईलमा टावर नआउने र अरुसमयमा पनि मोवाईलमा टावर आउने जाने भईरहने स्थानीयबासिन्दाले जनाएका छन् । राप्तीपारीमा एलसेलको पनि उस्तै समस्या रहेको स्थानीयबासिन्दा बताउँछन् । बत्ति नभएका कारण सोलारमार्फत काम गर्दा समस्या आउने गरेको टेलिकमले जनाएपनि स्थानीयबासिन्दाले दिर्घकालिन समाधानको माग गरेका छन् ।
राप्तीपारीका स्थानीय बासिन्दाले पटक पटक आफुहरुको समस्याबारे ध्यानाकर्षण गराउदा समेत सुनुवाई नभएको बताएका छन् । उनीहरुले विकास निर्माणका सबै हिसावले पछाडी परेको क्षेत्रमा सञ्चार सुविधा पाएपनि त्यसले समस्या दिएको गुनासो गरेको छन् । राप्तीपारीका मटेहिया, गंगापुर, नरैनापुर, लक्ष्मणपुर, कालाफांटा, कटकुईया लगायतमा यस्तो समस्या रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१