काठमाडौंका मासु पसलेलाई कोरोना संक्रमण भएको पुष्टि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ जेष्ठ २०७७, सोमबार ०४:५८

काठमाडौं । काठमाडौंस्थित कालीमाटीमा राँगाको मासु व्यापार गर्दै आएका एक व्यवसायीलाई कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि कोरोना पुष्टि भएका बर्दियाका २८ वर्षीय पुरुषले काठमाडौंस्थित कालीमाटीका व्यवसायी गर्दै आएको पुष्टि भएको हो ।

बाँकेको सदरमुकाम गुलरिया नगरपालिका वडा नम्बर ११ लालपुरका स्थायी बासिन्दा रहेका उनी लकडाउनको समयमा घर गएकाथिए । लकडाउन केही खुकुलो भएसँगै पाँच दिनअघि उनी काठमाडौं आएका थिए ।

काठमाडौंँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षणपछि ती पुरुष कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

कालीमाटीमा राँगाको मासु व्यापार गर्दै आएका संक्रमित पुरुष गत वैशाख २९ गते लालपुरबाट ट्रक चढेर काठमाडौंँ गएका थिए । उनी चढेको ट्रक धनगढीको रहेको र सोही ट्रकमा उनी काठमाडौं फर्केको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । उनको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको छ । संक्रमितका परिवारमा २२ जना छन् । सबैको आज पिसिआर परीक्षण गर्ने तयारी भएको स्वास्थ्य प्रमुख गिरीले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१