कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको विद्युतीय शव दाह गृहमा अन्त्यष्टि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ जेष्ठ २०७७, आईतवार ०५:०८

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शनिबार राति राजधानीको पशुपतिमा दाहसंस्कार गरिएको छ।

पुशपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले ती महिलाको शव विद्युतीय शव दाह गृहमा अन्त्यष्टि गरिएको बताए ।

ढकालका अनुसार उनको शव शनिबार राति ९ बजे पशुपति आर्यघाटमा पुर्‍याइएको थयो । कोरोनाका कारण महिलाको मृत्यु भएकाले शब जलाउन पीपीई लगाएका सुरक्षाकर्मी र दुईजना आफन्त मात्र उपस्थित थिए ।

कोरोना संक्रमितको शव ल्याउनु अघि नै पशुपति क्षेत्रलाई सील गरिएको थियो ।

कोषका सदस्य सचिव ढकालले खबरहबसँग भने, ‘संक्रमित महिला भएकाले सुरक्षाकर्मीको टोली पनि आउनुभएको थियो तर हाम्रो शवदाह गृहका दुईजना कर्मचारीले पीपीई लगाएरै शवको अन्त्यष्टि गरे ।’

कोषका सदस्य सचिव ढकालका अनुसार संक्रमित महिलाको शव जलाउनु अघि शवगृहलाई निसंक्रमण औषधि छर्किएको थियो ।

कोभिड १९ कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवसथपन सम्बन्धि कार्यविधि अनुसार उनको शव जलाइएको सदस्यसचिव ढकालले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१