औषधि व्यवस्था विभाग खारेज गरिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ जेष्ठ २०७७, शनिबार ०५:२४

काठमाडौं । सरकारले औषधि व्यवस्था विभाग खारेज गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले औषधि व्यवस्था विभाग खारेज गरिने बताएकी हुन् ।

विभागलाई खारेज गरी स्वायत्त नियमनकारी संस्था खाद्य तथा औषधि प्राधिकरण (एफडिए) स्थापना गर्ने उनले बताइन् । यस्तै आगामी आर्थिक वर्षमा सरकारले नेपालीको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्त निरोधात्मक कार्यक्रम संचालन गर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

सरकारले ४० वर्ष माथिका नागरिकलाई ६ महिनाको एक पटक रक्तचाप र रगतमा ग्लुकोज भए–नभएकोबारे निःशुल्क जाँचको व्यवस्था गर्ने छ भने यो सेवालाई वडास्तरमा लागु गरिने उनले बताइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१