आन्तरिक राजस्वलाई आम्दानीको मुख्य स्रोत बनाइने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ जेष्ठ २०७७, शनिबार ०५:२२

काठमाडौं । सरकारले आन्तरिक राजस्वलाई आम्दानीको मुख्य स्रोत बनाउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले आन्तरिक राजस्वलाई प्रमुख आम्दानीको श्रोतको रुपमा लिने बताएकी हुन् ।

आर्थिक वर्षमा फजुल खर्च घटाएर चालू खर्चको आकार कम गर्ने घोषणा गरेको छ । चालू खर्च घटाएर उत्पादनमूलक क्षेत्रमा रकम खर्च गर्ने घोषणा गरेको हो ।

चालू आर्थिक वर्षको कूल बजेटमध्ये झण्डै दुई तिहाई बजेट चालू खर्चका लागि विनियोजन हुँदै आएको छ ।

१५ खर्ब ३२ अर्बको बजेटमा चालू खर्च मात्रै १० खर्बभन्दा बढी रहेको छ । सरकारले आगामी आर्थिक वर्षमा खर्चको स्रोत व्यवस्थापनमा आन्तरिक पूजीको प्रयोग बढी गर्ने घोषणा समेत गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१