शनिबारदेखि लागू गरिने यस्तो छ नयाँ सवारी पास

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ जेष्ठ २०७७, शनिबार ०५:२०

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित जोखिम रोक्न लकडाउनलाई थप कडाइ गर्ने भएको छ । सडक तथा गल्लीमा हिड्न नदिनेदेखि सवारी आवागमनमा समेत नयाँ पासको व्यवस्था गरेको छ ।

यसअघि जारी भएका सवारी पास खारेज गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निलो रंगको नयाँ पासको व्यवस्था गरेको छ ।

पास बमोजिम सवारी प्रयोग गर्दा चाल अनुमतिपत्र र ब्लुबुक साथमा राखेर प्रयोग गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । दुरुपयोग गरेको पाइएमा कानुन बमोजिम कारबानी गरिनेछ ।

यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत जारी भएका सवारी पास भने गृह मन्त्रालयको निर्देशनपछि खारेज भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१