तेह्रथुम र संखुवासभाका मेडिकलहरुमा चरम लापरवाही

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ भाद्र २०७१, आईतवार ११:१६

योगी योगेन्द्र/

 संखुवासभा , २९ भाद्र । पुर्वी पहाडी जिल्ला संखुवासभा र तेह्रथुमका केही वजारका मेडिकल हलको अवैद्यानिक रुपमा कयौं मेडिकलहरु संचालनमा आईरहेको र सो मेडिकलहरुवाट जनजिवनमाथी पटक पटक खेलवाड भै रहँदा पनि सम्वन्धीत निकायहरु चुप लगेर बसीराकेका छन । मेडिकल हलको नाममा किटनाशक औषधि , विउविजन विक्री गर्ने , भारतवाट अवैद्य रुपमा औषधी विक्री हुने गरेको छन । संखुवासभा को चैनपुर मुढे शनिश्चरे वजार तेह्रथुमका वसन्तपुर लसुने जिरी लगायतको कैयन स्थानिय साना वजारहरुमा मेडिकलहरु विना दर्ता अहेव र शिक्षा संकाय अन्य विषय अध्ययन गरेका आधारमा मेडिकल खोलिएका छन । केहीले सरकारी दर्ता प्रमाणपत्र लिएपनि उनीहरुले मेडिकलका वा अस्पतालको मापदण्ड नपुर्याई आफ्नो काम कार्वाही अगाडी वढाएको पाइएको छ । उनीहरुलाइ सामान्यतय कुन विरामीलाइ कुन औषधी दिनुपर्छ भन्ने ज्ञाान सम्म छैन । तर भारतवाट ल्याइएका औषधी दोव्वर दाममा वेच्न र कालो वजारी गर्न पल्केका यि मेडिकल माफीयाका कारण पुर्वी पहाडी जिल्लाका हजारौ सर्वसाधारण ज्यान जोखिममा मोल्दै यी अवैदद्यानिक मेडिकलहरुको पछाडी औषधी दिन वाध्य भएका संखुवासभा मुढेका कानुन व्यावसायका विद्यार्थी तथा वुद्धिजिवी छिरिब शृेर्पाको भनाई रहेको छ । विभिन्न सर्वसाधारणका गुनासा हरु पनि आएता पनि सरकारको अनुगमन कारी निकाय मौन रहेकाले यी विषयहरु हाल पनि गौण वनिरहेको उहाँले वताउनुभयो । संखुवासभा ,तेह््रथुमका केही मेडिकलहरुले दक्ष जनशक्ति विना नै गर्भवती को अपरेशन गर्भ पतन र सिरियस रोगहरुको वारेमा औषधी मुलो गर्दा केही वालवालीकाहरुको अकालमै ज्यान गुमाउनुपर्दा मेडिकल व्यवसायीले गोहोरो चुटाई
खानुपरेको पनि स्थानिय वासीहरुको भनाई रहेको छ । मुढेका एक मेडिकल व्यावसायीका अनुसार तपाईकाृ अनुमति पत्र छ भन्ने पश्नमा केहि दिन भित्रमा ल्याइने गैर जिम्मेवार जवाफ दिएका छन ।तर कहिले सम्म सर्वसाधारणको दैनिक जिवन माथीको खेलवाड यो वुझ्न नसकिरहेको स्थानिय संखुवासभा माम्लींग गाविसका स्थानिय निमाछिरी शेर्पाका भनाई छ ।गर्भ गराउने वेलामा एक मुढेका मेडिकलमा लगीएको थियाृे तर उक्त अहेवले अन्यत्र कही लान पर्देन भन्दै गर्भवाटै वच्चाको गिदी मिmकेर आफ्ना दाजुको छोराको भ्रुण हत्या गरेको उहाँको भनाई रहेको छ । अर्का माम्लींग ७ का एक स्थानियको पनि अनुभव र लाइसेन्स नभएको व्यक्तिको भरमा पर्दा त्यस्तै भ्रुण हत्या भएको तितो अनुभव रहेके छ । भने तेह््रथुमको वसन्तपुरका एक नाम चलेको मेडिकलले पनि सामान्य अवस्थामा रहेको अवस्थाको वच्चलाई म आफै सवै उपचार गर्छु भन्दै उपचार गर्दा ज्यानै गएको तितो यथार्य पीडित अभिभावकहरुले गरेका छन । संखुवासभा आँखीभुँई घर भएका उनको वच्चा सामान्य अवस्थामा पनि धरान स्थीत विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान्छु भन्दा पनि सो मेडिकलले लानु पदैन भन्दा वच्चाको मृत्यु भएको पिडितले वताएका छन । हाल पनि ति मेडिकलहरु संचालनमा रहेका छन । अनुगमनकारी निकाय प्रभावकारी नहुँदा सर्वसाधारणको ज्यान दिनानुदिन जोखीममा पर्दा पनि मुकदर्शक वनेर वशीरहुनपरिहेको तितो यथार्य हाम्रा सामु रहेको ति पिडित मृतक वच्चाहरुको आमा वुवाको कारुणीक हृदयाविदारक भनाईहरुवाट पनि प्रस्ट छन । सरकारी तथा स्थानिय मनोमानी ढंगको व्यावहारले पहाडी क्षेत्रको सर्वसाधारण एकातिर मेडिकलको नाममा वलीको वोका वनिरहेका छन भने अर्कातिर अकालमा आवश्यक उपचार नपाइ मृत्युवरण गर्नुपरेको स्थानिय निमाछिरी शेर्पाको भनाई रहेको छ । यस तर्फ गुनासोहरु पनि आइरहेपनि मेडिकल त्यस्तो मेडिकलहरु र अस्पतालहरुको कार्वाहीमा कसैले चासो नदिएको एक मेडिकलसँग सम्वन्धीत श्रोतले जनाएको छ । मेडिकल हल खोल्न वा औषधी विक्री वितरण गर्न सरकारवाट आधीकारीक अनुमति पत्र वा सो सँग अध्ययनवाट पोख्त व्यक्तिको आवश्यकता भएपनि केहिले सामान्य हेल्थपोष्टमा काम गरेको अनुभवको आधारमा र केहीले आफ्ना नजिकको आफ्न्तको अनुभव सँगालेको आधारमा औषधी विक्री वितरण गरी सर्वसाधारणको जनजीवन माथी खेलवाड गर्न थालेको गुनासोहरु आएका श्रोतले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, पुस ११, २०८१