गृहले सवारी पास नदिएपछि झापामै रोकिए पूर्वराजा शाह दम्पति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ जेष्ठ २०७७, शुक्रबार ०५:२९

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह काठमाडौं आउने सवारी पास नपाएपछि झापामै रोकिएका छन् ।

पूर्वराजा शाहले काठमाडौं आउनका लागि पास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय झापामा निवेदन दिएका थिए । प्रक्रिया नपुगेको प्रशासनले दिएको पास पनि रद्द गरेको छ ।

गृह मन्त्रालयले निर्देशनपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पास रद्द गरेको जानकारी दिए ।

पूर्वराजाका सहयोगीले इमेलमार्फत अनुमतिपत्रका लागि निवेदन दिएपछि जिप्रकाले तत्काल उपलब्ध गराएको थियो । तर, फेरि गृहमन्त्रालले प्रक्रिया नपुगेको भनेपछि त्यसलाई रद्द गरिएको प्रजिअ रानामगरले बताए ।

गृहले सहमति दिनासाथ तुरुन्तै ई–पास उपलब्ध गराउने रानामगरले बताए । पास उपलब्ध भएमा पूर्वराजा रानीले शुक्रबार काठमाडौं फर्किने छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१