काठमाडौंका ७ वर्षीय बालकसहित थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २४९ पुगे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ जेष्ठ २०७७, शुक्रबार ०५:२३

काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार साँझ विज्ञप्ति जारी गर्दै थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिए ।

उनका अनुसार काठमाडौं दहचोकका ७ वर्षीय बालक, जनकपुर धनुषाका १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ भने ३५ जना निको भएर घर फर्किएका छन्।

सहप्रवक्ता डाक्टर अधिकारीका अनुसार काठमाडौं र धादिङ घर भएका दुई जना संक्रमित काठमाडौंको एपीएफ अस्पतालको आइसोलेसनमै रहेका छन् ।

उनीहरूको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि एपीएफ अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१