बाढीपीडितहरुमा छालाको संक्रमण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ भाद्र २०७१, आईतवार ११:०४

काशीराम शर्मा/

Pidit1बाँके , २९ भाद्र । बाँकेको होलिया–२, चौफेरीका साहजराम यादव बाढीका कारण विस्थापित भएर झोरा सामुदायिक बनको विस्थापित शिविरमा आश्रय लिइरहेका छन् । उनी राम्रोसँग हिडडुल गर्न सक्दैनन् । बाढी आएपछि हिलो र फोहर पानीमा हिड्नुपर्दा उनका खुट्टा घुँडासम्म पाकेका छन् । उनलाई उपचार गर्न आर्थिक अभाव छ ।
‘बाढीका कारण सुरुमा खुट्टा चिलाउन थाले । अहिले पुरै बाहिर भाग घुँडासम्म पाकेको छ । खुट्टा सुन्निएका छन् । उपचार गर्न मसँग पैसा छैन,’ साहजरामले भने, ‘औषधि गर्न स्वास्थ्य केन्द्रमा गए पनि सन्चो भएन ।’ साहजराम मात्र होइन त्यहाँका धेरैमा छालाको संक्रमण देखिन थालेको छ ।
‘जीउ चिलाउने र छालामा खटिरा आउने समस्या बढ्दैछ, हामीसँग औषधि गर्न आर्थिक समस्या छ । स्वास्थ्य केन्द्रको उपचारले सन्चो नभएपछि सदरमुकाम पुगेर औषधि गराउन हामीलाई समस्या छ,’ बिस्थापित ठग्गु गडरियाले भने । उनका अनुसार स्वास्थ्य केन्द्रमा सामान्य उपचार मात्रै हुने भएकाले सदरमुकाम पुगेर औषधि गर्नलाई आर्थिक समस्या छ ।
उनले सबैभन्दा बढी संक्रमण बालबालिका, महिला र वृद्धमा यो समस्या देखिएको बताए । बाढीग्रस्त स्थानहरुमा छालाको संक्रमणसँगै ज्वरो, झाडापखाला, रुघाखोंकी, आ“खा पाक्ने लगायतका सरुवा रोग देखापरेको पाइएको छ । केही सुत्केरी र गर्भवती महिला, बालबालिका, वृद्धले बढी कष्ट भोग्नुपरेको विस्थापित गडरियाले भने ।
उनले भने, ‘बाढी प्रभावित क्षेत्रमा प्रर्याप्त राहत राहत त पुग्न सकेको छैन, बिरामीका लागि औÈधि व्यवस्थासमेत छैन । जनजीवन अस्तव्यस्त र जोखिमपूर्ण बन्दै गएको छ ।’ बाढीपीडितहरु सामुदायिक वन, विद्यालयलगायत ठाउ“मा आश्रय लिएर बसेका छन् । पछिल्लो समयमा उनीहरुलाई छालाको संक्रमण र आँखा पाक्ने रोगले सताउन थालेको छ ।
होलियाका वृद्ध छोटेलाल बर्माले बाढीपीडितहरुमा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, पखाला, आ“खा पाक्ने र छालासम्बन्धी रोगको संक्रमण देखिएको छ । राप्तीको बाढीले सबैभन्दा बढी प्रभावित होलिया र फत्तेपुर गाविसमा अहिले विभिन्न रोगको संक्रमण देखिन थालेको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, पुस ११, २०८१