सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभागका चारजना कोरोना संक्रमित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ जेष्ठ २०७७, बिहीबार ०५:०४

कृष्णनगर । कपिलबस्तुमा चार सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पाइएको छ । आज बेलुकी ८ जना संक्रमितमध्ये ४ जना सुरक्षाकर्मी हुन् ।

सीमा सुरक्षामा खटिएका एक सशस्त्र प्रहरीका नायव निरीक्षक (सई), इप्रका कृष्णनगरमा कार्यरत नेपाल प्रहरीका नायव निरीक्षक (सई), राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सहायक निरीक्षक (असई) र नेपाल प्रहरीका हवल्दार कोरोना संक्रमित भएका छन् ।

संक्रमित हवल्दार प्रहरी निरीक्षकका सवारी चालक हुन् । प्रहरी निरीक्षकसहित अन्य सुरक्षाकर्मीको स्वाब परीक्षण रिपोर्ट आउन बाँकी रहेको सुरक्षा स्रोतले जनाएको छ ।

नेपाल भारत सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी नै संक्रमित भएपछि सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने जोखिम बढेको छ । आज संक्रमित बाँकी ४ जना भने भारतका विभिन्न ठाउँबाट भित्रिएका व्यक्ति हुन् ।

कपिलबस्तुमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । जसमध्ये एक जना कपिलबस्तु अस्पतालमा कार्यरत नर्स पनि थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१