काठमाडौं । पछिल्लो केहि दिन यता नेपालमा कोरोना भाइरस संक्रमितको संख्या आक्रामक रुपमा बढेपछि प्रधानमन्त्रीदेखि गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ ।
मंगलबार गृहमन्त्रालयले यस अघि एक जिल्लाबाट अर्को जिल्ला जानेगरि जारी गरेको सबैप्रकारको सवारी पास रद्ध गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले गरेको निर्णय बिहीबारदेखि लागू हुनेछ । केहिदिन यता सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब भने सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको छ । सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।
प्रतिक्रिया