कोरोना संक्रमणका कारण बेलायतमा ६० जना नेपालीको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० बैशाख २०७७, मंगलवार ०५:०९

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६० पुगेको छ ।

लन्डनस्थित नेपाली दूतावासले बेलायतमा हालसम्म कोरोनाका कारण ६० जना नेपालीको मृत्यु भएको सोमबार पुष्टि गरेको हो।

दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरणले बेलायतमा आजसम्म ६० जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको बताए।

कोरोनाबाट मृत्यु भएका नेपालीमध्ये गोरखा भूतपूर्व सैनिकहरुको संख्या बढी छ। दूतावासका अनुसार मृतक ६० मध्ये ४९ जना गोरखा भूतपूर्व सैनिक र तीनका परिवारका छन्। मृत्यु भएकामध्ये ५० जना पुरुष र १० जना महिला रहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१