सहमति कार्यान्वयन गर्न ओली तयार, बजेटपछि स्थायी कमिटी बैठक !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० बैशाख २०७७, मंगलवार ०५:०६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा फेरि एक पटक युद्धविराम भएको छ । सचिवालयका नेताहरुबीच अनौपचारिक छलफलमा तत्कालका लागि गएको २० गते बसेको सचिवालय बैठकको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली तयार भएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टीका कार्याकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ओली सहमति कार्यान्वयन गर्न तयार भएका हुन् । तर प्रचण्ड बजेट अघि थोरै समय भएपनि स्थायी कमिटी बैठक राख्नुपर्ने अडानमा छन् भने ओलीले बजेटपछि मात्र बैठक बस्नुपर्ने तर्क गरेको स्रोतको दावी छ ।

नेकपामा देखिएको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलले पहल गरिरहेका छन् । उनकै पहलमा प्रधानमन्त्री ओली २० गतेको सचिवालय बैठकको सहमति कार्यान्वयन गर्न तयार भएका र कार्यकारी अध्यक्ष प्रचण्ड पनि स्थायी कमिटी बैठक बजेटपछि लैजान सहमत देखिएका छन् ।

प्रधानमन्त्री ओली २४ गतेको सचिवालय बैठकबाट उठेर हिँडेपछि नेकपाको विवाद थप उत्कर्षमा पुगेको थियो । २० गतेको बैठकमा आफूले गरेको सहमति कार्यान्वयन नहुने भन्दै ओलीले स्थायी कमिटी बैठक राख्न अनिच्छा व्यक्त गरेका थिए । कार्यकारी अध्यक्ष प्रचण्डले नै बैठक बोलाउने वातावरण तयार भएपछि ओलीले फेरि एकपटक आफूले गरेको सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।

२४ गतेको बैठकबाट आफू थाकें भन्दै बाहिरिएका ओलीले त्यसैदिन आफू निकट नेताहरुसँग छुट्टै छलफल गर्नुका साथै राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलसमेत गरेका थिए । त्यसपछि अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर नेताहरु थप चिढिँएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१