एउटा आलुको प्रयोग गरी छालालाई गोरो र सुन्दर बनाउने तरिका यस्तो छ, जान्नुहोस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ बैशाख २०७७, सोमबार ०५:३६

आलुलाई तरकारीको राजा भनिन्छ । यो तरकारीको रूपमा मात्र प्रयोग नभइ उसले सुन्दर छाला बनाउन पनि मदत गर्छ । कसरी बन्छ त आलुबाट सुन्दर छाला यहाँ आज यस भिडियोमा हामी जानकारी दिदैछौँ ।

सबैभन्दा पहिला आलुलाई पिस्नुहोस् । पेस्टमा मुलतानी माटो मिसाउनुहोस्, त्यसमा एक चिम्टी बेसार मिसाउनुहोस् र थोरै गुलाबजल समेत राख्नुहोस् । ती सबैको मिश्रणलाई राम्ररी चलाएर पेस्ट तयार पार्नुहोस् ।यो पेस्टलाई अनुहारमा लगाएर करिब आधा घन्टा राख्नुहोस् र धुनुहोस् । केही हप्तासम्म यो पेस्ट लगाउनुहोस् तपाईँको अनुहार चम्किलो भएर आउने छ ।

त्यसैगरी आलुको दुर्इ चम्चा रस लिनुहोस्, त्यसमा एउटा अन्डाको सेतो भाग मिसाएर मिश्रण बनाउनुहोस् र अनुहारमा लगाएर २० र २५ मिनेटपछि सफा पानीले अनुहार धुनुहोस् । एक हप्ता करिब दुई पल्ट लगाउनुहोस् यसो गर्नाले चाउरीपना हटेर तपाइ सुन्दर देखिनु हुनेछ ।आलुलाई पिसेर त्यसमा एक चम्चा काँक्रो रस मिसाउनुहोस् यसरी बनेको पेस्टलाई कटन कपडाको मदतले आफ्नो अनुहारमा लगाउनुहोस् । यसो गर्नाले तपाईँको अनुहारमा चमक बढेर आउनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१