हातको रेखा जस्तै खुट्टाको रेखाले पनि बताउँछ तपाईको स्वभावहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ बैशाख २०७७, सोमबार ०५:३३

हातका रेखामा हेरेर मानिसको भविष्यवाणि गर्ने कुरा सवैलाई थाहा भएकै विषय हो । ज्योतिषहरुका अनुसार हातमा भविष्य बताउने रेखाहरु हुन्छन् ।

यति मात्र होइन, शरीरका विभिन्न भागका चिन्ह, बनौट र रेखाका आधारमा मानिसको भाग्य र स्वभाव निर्धारण गर्ने समेत उनीहरु बताउँछन् ।

हातको रेखा जस्तै खुट्टाका रेखाले पनि मानिसको स्वभाव र भाग्य विश्लेषण गर्ने समुन्द्र शास्त्रमा उल्लेख छ । पैतालामा कस्तो चिन्ह, बनोट वा रेखा भए मानिसको स्वभाव कस्तो रहन्छ रु

१. शास्त्र अनुसार खुट्टाको कान्छी औंलाको फेंदमा माथितिर गएको रेखा छ भने त्यस्ता ब्यक्तिहरु भोगी र विलाशी हुन्छन् । उनीहरु भाग्यमानी, प्रतिष्ठित र धनी समेत हुने योग हुन्छ ।

2.यदि कुनै व्यक्तिको पैतालाको मध्य भागमा वृत्त अर्थात गोलो आकृति छ भने यस्ता ब्यक्ति धनी हुने योग हुन्छ । उनीहरुले धन कमाउन धेरै मेहनत गर्नुपर्दैन ।

३. यदि कसैको पैतालमा त्रिशुलको चिन्ह छ भने, ति ब्यक्ति निक्कै भाग्यशाली हुन्छन् । उनीहरुले उच्च पदको सरकारी जागिर वा पदवी पाउने योग हुन्छ ।

४. यदि कसैको पैतालाको बुढी औंलाको फेंदमा स्वस्तिक चिन्ह हुन्छ भने त्यस्ता ब्यक्ति महामानव हुन्छन् । यस्ता व्यक्तिलाई विश्वले चिन्छ ।

५. जसको पैतालामा मध्य भागमा अर्धचन्द्राकर रेखा छ भने यस्ता ब्यक्ति धनी हुने तर धनलाई महत्व नदिने हुन्छन् ।

६. यदि पैतालामा दुई धर्का जोडिएर क्रस भएको छैन भने ति ब्यक्तिहरु भाग्यशाली हुने योग हुन्छ । यस्ता व्यक्तिले ब्यापार ब्यवसाय गरेमा सफलता पाउने योग हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१