प्रधानमन्त्री मोदीको काठमाडौंमा पुत्ला दहन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ बैशाख २०७७, सोमबार ०५:१२

काठमाडौं । भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । काठमाडौंको कलंकीमा आइतबार बेलुकी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ ।

लिपुलेकमा एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि भारतीय कदमको सडकदेखि सदनसम्म बिरोध भइरहेको छ । विवादीत क्षेत्र स्वीकार गरेको भारतले नेपालको कुटनीतिक नोटलाई ध्यान नदिएर एकतर्फी सीमा मिचेर सडक बनाएको छ ।

भारतले विभिन्न प्रमाणका आधारमा नेपालको भूमि भन्ने जान्दाजान्दै पनि आफ्नो दावी गरेर विस्तारवादी नीति प्रस्तुत गरेको छ । नेपाली भूमि कब्जा गर्ने भारतीय कदमविरुद्ध जनता दरबार नामक संस्थाको पहलमा मोदीको पुत्ला जलाइएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१