थप एकजनामा कोरोना, नेपालमा संक्रमितको संख्या ११० पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ बैशाख २०७७, आईतवार ०५:३५

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दोस्रो पटक संकलन गरिएको थ्रोट स्वाब परीक्षण गर्दा शनिबार थप एकजनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकी महिला ४३ वर्षीया रहेको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राले जानकारी दिइन् ।

यससँगै शनिबार थपिएका संक्रमितको संख्या ८ पुगेको छ । शनिबार बिहान मात्र उदयपुरका तीन, कपिलबस्तुका तीन र पर्साका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तीनैजना महिला विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र भर्ना भएका छन् ।

शनिबार बिहान संक्रमण पुष्टि भएका तीन मध्ये दुईजनाका श्रीमानलाई यसअघि कोरोना संक्रमण देखिएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीकाअनुसार दुई जना संक्रमित व्यक्तिका श्रमिती हुन् ।

भुल्केमा पहिलो पटक वैशाख ५ गते १२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१