ठूला ऋणीलाई २ प्रतिशत छुट, रू १५ लाख भन्दा कमका ऋणीलाई छुट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ बैशाख २०७७, शुक्रबार ०५:५१

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला ऋणीलाई २ प्रतिशत व्याज छुट दिएको छ भने १५ लाख रुपैयाँ भन्दा कम कर्जा लिएका साना व्यवसायीले भने १० प्रतिशत भन्दा बढी छुट पाउने नीतिगत व्यवस्था गरेकाे छ ।

राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई चैत मसान्तसम्ममा कायम व्याजदरमा दुई प्रतिशत विन्दुले कम गर्न निर्देशन दिएको छ । यस्तो छुट चौथो त्रैमासमा मात्र लागू हुनेछ ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले बैशाख, जेठ र असारको व्याज २ प्रतिशतले घटाउनु पर्नेछ । अब बैंक तथा वित्तीय संस्थाले १४ प्रतिशत व्याजदरमा प्रवाह भएको कर्जामा १२ प्रतिशत, १३ प्रतिशत व्याजदरमा प्रवाह भएको कर्जामा ११ प्रतिशत, १२ प्रतिशत व्याजमा प्रवाह भएका कर्जामा १० प्रतिशत, वा १० प्रतिशत व्याजदरमा प्रवाह भएका कर्जामा ८ प्रतिशत मात्र व्याज लिन पाउनेछन् ।

तर यसरी व्याजदर घणना गर्दा आधारदरभन्दा कम गर्न बैंक तथा वित्तीय संस्था बाध्य हुने छैन । यदि बैंकको आधार दर ९.५ प्रतिशत छ, कर्जाको व्याजदर १०.५ प्रतिशत छ भने यस्ता कर्जामा बैंकले १ प्रतिशत मात्र व्याज छुट दिन सक्ने छ ।

यो व्यवस्थासँगै आधार दर कम भएको राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नविल बैंकका ऋणिले बढी लाभ पाउने छन् भने आधार दर बढी भएका नयाँ बैंकहरुबाट कर्जा लिने ऋणिले व्याजदरमा कम छुट पाउनेछन् ।

कोरोना महामारीको बेलामा पनि राम्रो व्यवसाय गरिरहेका व्यवसायिक क्षेत्रले भने यस्तो छुट पाउने छैनन् । खाद्यन्य प्रशोधन तथा बिक्री वितरणसँग सम्बन्धित व्यवसाय, ग्यास उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित व्यवसाय, सोप तथा केमिकल्स, औषधी बिक्री तथा वितरणसँग सम्बन्धित व्यवसाय, इन्टरनेट सेवा प्रदायक, दुरसञ्चार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सूर्ती तथा मदीराजन्य उद्योग, सञ्जालनमा रहेको जलविद्युत आयोजनाले यस्तो छुट पाउने छैनन् ।

कोरोनाबाट अत्याधिक प्रभावित क्षेत्रमा थप १० प्रतिशत चालु पुँजी कर्जा प्रदान गर्न पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । होटल, रेष्टुरेन्ट, रिसोर्ट, ट्राभल, ट्रेटिङ लगायत प्रयर्टन क्षेत्र, हवाई उड्डयन क्षेत्र, व्यवसायिक प्रयोजनको सवारी साधान, साना तथा मझौला उद्योग, निर्यात उद्योग, मनोरञ्जन उद्योग, अस्पताल, पोल्ट्री व्यवसाय आदिमा अतिरिक्त कर्जा प्रदान गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

View Fullscreen

साथै, राष्ट्र बैंकले चालु पुँजी प्रकृतिका अल्पकालिन कर्जाहरुको सावा तथा व्याज भुक्तानी अवधि ६० दिनसम्म थप गर्न पनि निर्देशन दिएको छ।

नेपाल राष्ट्र बैंकले साना उद्योगी तथा व्यवसायीका थप छुटकाे व्यवस्था गरेकाे छ । साना तथा मझौला उद्यमहरुमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित १५ लाख रुपैयाँ सम्मको असल कर्जाको धितो सुरक्षणमा वार्षिक २ प्रतिशत व्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ। यस्तो पुनकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट ५ प्रतिशत भन्दा बढी व्याज लिन पाउने छैनन् ।

यस्ताे कर्जामा यसअघि बैंकहरूले १५/१६ प्रतिशत व्याज लिने गरेकाे थिए । यस्ता साना ऋणिका लागि १०/११ प्रतिशतसम्म व्याज छुट हुनेछ । तर यसअघि नै पुनरकर्जा सुविधामा ६/७ प्रतिशत व्याजमा कर्जा पाएकाले भने थाेरै राहात पाउनेछन् ।

कर्जाको प्रकार तथा भक्तानी अवधिका आधारमा छुट्टाछट्टै प्रिमियम दर तय गरी त्रैमासिक रुपमा कर्जा तथा सापटको व्याजदर निर्धारण तथा प्रकाशन गर्न पनि यसरी व्याजदर निर्धारण तथा प्रकाशन गर्दा निश्चित प्रकारको आवधिक कर्जाका लागि तोकिएको अवधिभर व्याजदर परिवर्तन नहुने गरी स्थिर व्याजदर निर्धारण गरी सो समेत प्रकाशन गर्नु पर्ने सो परिपत्रमा उल्लेख गरिएको छ ।

व्याजदर प्रकाशन गर्दा कर्जा शीषर्क अनुसार आधारदरमा थप गरिने प्रिमियम दर स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ । यस्तै, त्यसैगरी ऋणीले बैशाख र जेठ महिनाको किस्ता असार मसान्तमा बुझाउँदा जरिवाना शुल्क लिन नपाइने पनि उल्लेख गरिएको छ । यसका लागि कोरोना प्रभावित व्यवसायीले ऋण माग्दा ७ दिनभित्रै ऋण स्वीकृत गरिसक्नु परिपत्रमा उल्लेख गरिएको छ ।

यस्तै, इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीहरुको दक्षता अभिवृद्दिका लागि प्रत्येक वर्ष गत आर्थिक वर्षको कुल तलब भत्ताकाे न्यूनतम ३ प्रतिशत रकम तालिम तथा वृत्ति विकासमा खर्च गर्नु पर्ने उल्लेख गरिएकाे छ । तर, यो व्यवस्था आर्थिक वर्ष २०७६/ ७७ को लागि अनिवार्य हुने छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१