आइएमएस ग्रुपले पत्रकार महासंघलाई हस्तान्तरण गर्याे ७ हजार मास्क

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ बैशाख २०७७, शुक्रबार ०५:४६

काठमाडौं । आइएमएस ग्रुपले सिनामंगलस्थित नेपाल पत्रकार महासंघलाई ७ हजार मास्क हस्तान्तरण गरेको छ । आईएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सो मात्राको मास्क महासंघलाई हस्तान्तरण गरेका हुन् ।

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) को कारण सारा विश्व संकटमा छ र सामाजिक दूरीलाई बढावा दिन सरकारको निर्देशन छ । विश्वव्यापी महामारीको सुरु भएदेखि नै मास्कको अभाव भएको थियो । उक्त अभावलाई न्युनिकरण गर्दै ग्रुपले मास्क हस्तान्तरण गरेको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१