हात मिलाउदै मन्त्री ढकालले बुझे स्वीटजरल्याण्डले दिएको ३० हजार पीसीआर किट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ बैशाख २०७७, शुक्रबार ०५:३१

स्वीटजरल्याण्डले कोरोना परीक्षणका लागि सहयोग बापत दिएको ३० हजार थान पीसीआर टेस्ट किट स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले हात मिलाउदै बुझेका छन् ।

स्वास्थ्य मन्त्रालयले नै कोरोना सम्बन्धि जारी गरेको स्वास्थ सन्देशमा हात न मिलाउन उल्लेख भएपनी मन्त्री ढकालले बिहीवार हात मिलाउदै बुझेका हुन् ।

पीसीआर टेस्ट किटसहित स्वीटजरल्याण्ड सरकार विकास सहयोग एसडीसीले गरेको अन्य स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत नेपाल आइपुगेको हो ।

स्वीटजरल्याण्ड सरकारकोतर्फबाट उक्त स्वास्थ्य सामग्री मन्त्री ढकाललाई बिहीबार हस्तान्तरण गरिएको छ ।

विमानस्थल पुगेर नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्यमन्त्री ढकाललाई सहयोग सामग्री हस्तान्तरण गरेकी हुन् ।

टेस्ट किट हस्तान्तरण गर्दै नेपालका लागि राजदूत क्यापलरले संक्रमण नियन्त्रणका लागि आवश्यक र महत्वपूर्ण परीक्षणलाई ३० हजार टेष्ट किटले सुदृढ गर्ने बताउनुभयो ।

स्वीजरल्याण्ड सरकारले यसअघि नै ४ हजार थान पीपीई सेट, १ हजार इन्फ्रारेड थर्मोमिटर, ८ हजार एन९५ मास्क नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

यसैगरी स्वीजरल्याण्डले कोभिड—१९ को पूर्वतयारी, राहत र पुनस्र्थापनाका लागि सहयोग गर्न ५० लाख स्वीस फ्र्याङ्कको कोष स्वीकृत गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१