वुहान शहरमा पाँच महिनापछि विद्यालय जान पाउँदा विद्यार्थी खुशी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ बैशाख २०७७, बिहीबार ०५:२०

एजेन्सी । कोरोना भाइरसको उद्गम स्थल मानिएको चीनको वुहान शहरमा बुधबारदेखि विद्यालयहरु सञ्चालनमा आएका छन् ।

महामारी नियन्त्रणमा आएपछि जनजीवन सामान्य बन्दै गएपछि वुहानमा विद्यालयहरु खुलाइएका हुन् । गत डिसेम्बरमा कोरोना भाइरसको संक्रमण देखिएपछि जनवरीदेखि स्कूलहरु बन्द गराइएका थिए ।

झण्डै पाँच महिनापछि वुहानका बालबालिका विद्यालय जान पाएपछि निकै खुशी देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

वुहानका झण्डै ५७ हजार विद्यार्थी स्कूल फर्किएको चीनको सरकारी समाचार संस्थाले जनाएको छ । वुहानका १२१ विद्यालय खुलेका हुन् ।

कक्षा कोठामा ३० जनाभन्दा बढी विद्यार्थी नराख्ने र डेढ मिटरको दूरी कायम गरी डेस्कको व्यवस्था गरिएको जनाइएको छ ।

विद्यालयमा विद्यार्थीहरुलाई सामाजिक दूरी र अनिवार्य मास्कको व्यवस्था गरिएको छ । चीनमा कोरोना संक्रमण रोकिए पनि पूर्णरुपमा नियन्त्रणमा भने आएको छैन । केही नयाँ संक्रमणका घटना भने देखिँदै आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१