एकै परिवारका १८ जनामा कोरोना संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ बैशाख २०७७, बिहीबार ०५:०९

पर्सा । वीरगञ्जमा बुधबार थपिएका १७ जना कोरोना संक्रमित एकै परिवारका सदस्य रहेको पाइएको छ ।

कोरोना संक्रमितहरु वीरगञ्ज उपमहानगरपालिका–३ छपकैयाका हुन् । बैशाख २१ गते आइतबार सोही ठाउँका ३६ वर्षीय पुरुषको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरी स्वाब परिक्षण गर्दा बुधबार १७ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ पुष्टि भएका संक्रमितहरु एकै परिवारका सदस्य भएको वीरगञ्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए । उनीहरु आइतबार कोरोना पुष्टि भएका ती ३६ वर्षीय पुरुषकै परिवारका सदस्यहरु रहेको उनको भनाइ छ ।

संक्रमितहरुलाई वीरगञ्जको नारायणी अस्पतालको आइसोलेसन कक्षमा ल्याउने तयारी भइरहेको छ । संक्रमित दुई शिशु पनि रहेकाले त्यो परिवारलाई अलग अलग गर्ने भन्दा पनि एकै ठाउँमा राख्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

छपकैयालाई पुनः सिल गर्ने तयारी

छपकैयामा फेला परेका कोरोना संक्रमित सबै त्यहीका हुने । छपकैयामा पहिले सिल गरिएको थियो । दुईअघि मात्र केही खुकुलो गरिए पनि पुनः सिल गर्ने तयारी भइरहेको कोभिड १९ कमाण्ड पोष्ट पर्साका सदस्य सचिव समेत रहेका पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमारले बताए । अहिले सुरक्षा समितिको बैठक चलिरहेको छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१