हेलम्बु गाउँपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिन थाल्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ बैशाख २०७७, बुधबार ०५:२३

सिन्धुपाल्चोक । एकल महिलाले मात्र पाउँदै आएको सामाजिक सुरक्षा भत्ता अबदेखि एकल पुरुषले पनि पाउने भएका छन् ।

सिन्धुपाल्चोकस्थित हेलम्बु गाउँपालिकाले यस अभियान सुरु गरेको हो। श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट मासिक पाँच सय रुपैयाँ भत्ता उपलब्ध गराउन लागेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए।

गाउँपालिकाका सातवटै वडाका १९५ जनालाई भत्ता वितरण गरिएको समेत अध्यक्ष शेर्पाले जानकारी दिए। उनका अनुसार पालिकाले सो भत्ता वितरणका लागि चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

“राज्यले महिला पुरुष समान भनेकाले व्यवहारिकरूपमै हामीले त्यसको शुरुआत गरेका हौं। समानताको नाराअनुसार नै एकल पुरुषलाई पनि भत्ता वितरण गरिएको हो ।” उनले भने।

अहिले पाँच सय रुपैयाँबाट शुरु भएको कार्यक्रम आगामी वर्षहरुमा बढाउँदै लैजाने योजना रहेको गाउँपालिका अध्यक्ष शेर्पाले बताएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१