चट्याङ लागेर सल्यानमा एक जनाको मृत्यु, पाँच घाइते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ बैशाख २०७७, बुधबार ०५:१५

सल्यान । सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिका–३ चिनालीकी ६ वर्षीया हिमानी रानाको मृत्यु भएको हो ।

मंगलबार घरमा परेको चट्याङले गम्भीर घाइते रानाको उपचारको क्रममा सल्यान जिल्ला अस्पताल खलंगामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

यस्तै चट्याङ लागेर कुमाख गाउँपालिका–३ का वडा सदस्य ३६ वर्षीय अतिराम राना, उहाँकी ३० वर्षीया श्रीमती दीपा राना, ८ वर्षीय छोरा यमराज राना, २६ वर्षीय टेकबहादुर राना र २३ वर्षीय रणसिहं राना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको सल्यान अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१