लकडाउन लम्ब्याउने तयारी, आज मन्त्रिपरिषदले निर्णय गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ बैशाख २०७७, बुधबार ०५:०७

काठमाडौं । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिने जनाएको छ ।

लकडाउनलाई निरन्तरता दिने निर्णय भए पनि कति दिन लम्ब्याइने भन्नेबारे अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले आज अपराह्न गर्नेछ ।

समितिका सदस्य तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले बैठकपछि भने, ‘सरकारले अहिले जे गरिरहेको छ त्यसैलाई निरन्तरता दिइने निर्णय भएको छ । यसबारे थप निर्णय अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।’

बैठकमा छलफल भएको विषयबारे जानकारी दिँदै सचिव विडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरु सहि रहेको निष्कर्ष बैठकले निकालेको बताए ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएको हुँदा लकडाउनलाई पनि निरन्तरता दिइने निर्णयमा समिति पुगेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१