काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार नाघेको छ ।
सोमबार साँझ समाचार तयार पार्दासम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार १४१ पुगेको छ । कोरोना संक्रमितको संख्या ३६ लाख ११ हजार ७९९ पुगेको छ ।
हालसम्म कोरोना संक्रमितहरुमध्ये ११ लाख ७१ हजार बढी निको भएर घर फर्किएका छन् । २१ लाख ९० हजार ६१२ जनाको उपचार भइरहेको छ ।
यो समाचार तयार पार्दासम्म कोरोना संक्रमणका कारण सबै भन्दा बढी अमेरिकामा ६९ हजार ५१ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ११ लाख ९९ हजार ५१६ पुगेको छ ।
इटालीमा ज्यान गुमाउनेको संख्या २९ हजार ७९ पुगेको छ । त्यस्तै, संक्रमितको संख्या २ लाख ११ हजार ९३८ पुगेको छ, भने निको हुनेहरुको संख्या ८२ हजार ८७९ पुगेको छ ।
कोरोनाका कारण स्पेनमा ज्यान गुमाउनेको संख्या २५ हजार ४२८ पुगेको छ । २ लाख ४८ हजार ३०१ संक्रमित पुगेका छन् । यसैबीच १ लाख ५१ हजार ६३३ जना निको भइसकेका छन् ।
त्यस्तै बेलायतमा ज्यान गुमाउनेको संख्या २८ हजार ७३४ पुगेको छ । संक्रमितको संख्या १ लाख ९० हजार ५८४ जना पुगेको छ ।
फ्रान्समा २४ हजार ८९५ ले ज्यान गुमाएका छन्, भने १ लाख ६८ हजार ६९३ जना संक्रमित पुगेका छन् । जसमध्ये ५० हजार ७८४ जना निको भइसकेका छन् ।
छिमेकी मुलुक भारतमा १ हजार ३९५ जनाको मृत्यु भएको छ भने ४२ हजरा ८३६ जनामा कोरोनाको संक्रमण देखिएको छ । हालसम्म नेपालमा पनि संक्रमितहरुको संख्या ७५ जना पुगेको छ जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया