नेपालगञ्जमा निषेधित क्षेत्र घोषणा : घर बाहिर निस्कनै नपाइने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ बैशाख २०७७, मंगलवार ०५:१३

नेपालगंज । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि बाँकेको नेपालगञ्जमा निषेधित क्षेत्र घोषणा गरिएको छ । सर्वपक्षीय बैठकको निर्णयअनुसार भोलिदेखि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका भरलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

भोलि बिहान ११ बजेदेखि २५ गतेको राती १२ बजेसम्म नेपालगञ्ज उपमहानरपालिका क्षेत्रमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत स्वाब संकलन कार्यमा खटिने जनशक्तिबाहेकका व्यक्ति घरबाहिर निस्कन नपाउने निर्णय गरिएको छ । कोरोना भाइरसका विभिन्न प्रकारका भ्रम फैलाउनेलाई कानुनी दायरामा ल्याउने विषयमा पनि सर्वपक्षीय निर्णय भएको छ ।

नेपालगञ्जमा १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको छ । हिजोमात्रै त्यहाँ १५ जनामा संक्रमण पोजेटिभ पाइएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१