मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०७७, सोमबार ११:११

काठमाडौं । अहिले देशभर पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुका साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर सामान्य देखि पुर्ण बदली रही पश्चिमी भू–भागका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ।

आज दिउँसो देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ। देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

आज राती देशका अधिकांश भू–भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी र मध्य भू–भागका केही स्थानहरुमा र पूर्वी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१