बाँकेमा थप ६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ७५ पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०७७, सोमबार ०५:०६

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज मात्रै बाँकेमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जनाएका छन् । बाँकेमा दुई दर्जन व्यक्तिको पिसिआर रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । भोलिसम्म रिपोर्ट आउने स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।

बाँकेको नेपालगञ्जमा यसअघि आज मात्रै ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । देशैभर अब संक्रमितको संख्या ७५ पुगेको छ । आज पर्सामा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । नेपालमा अहिलेसम्म १६ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१