कस्तूरी मारेको आरोपमा ५ जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ बैशाख २०७७, आईतवार ०५:१०

सोलुखुम्बु । सोलुखुम्बुको क्याङजुम–७ ताक्पिदिङममा पासो थापेर कस्तूरी मारेको आरोपमा ५ जना पक्राउ गरेको छन् । पक्राउ पर्नेहरुमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका घर भई हाल फोर्चे बस्ने रमेश राई ,हाल पाङबोचे बस्ने राजेश राई ,फोर्चे बस्ने मदन राई त्यस्तै संखुवासभा खाँदबारी घर भई हाल फोर्चे बस्ने विष्णु राई र भोजपुर ट्याम्के घर भई हाल दिङबोचे बस्दै राजेश राई रहेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रमुख डिएसपी टेकु इवानन्द लिम्बुले जानकारी दिए ।

रमेश राई र विष्णु राई यस अघि पनि कस्तुरीको विना कारोवारमा संलग्न रहेको स्वीकार गरिसकेको समेत लिम्बुको भनाई छ । पक्राउ पर्ने अन्य तीनजनाले दिङबुचेस्थित माख्खजुङ गुम्बाबाट दुई वटा शंख र तीनबाट झ्याम्टा समेत चोरी गरेको र उनीहरुबाट उक्त सामान समेत बरामद गरेको जनाएको छ ।

स्थानीयले ८ जनालाई नियन्त्रण लिएकोमा दुई जना निर्दोष भएको पाइएको उनले जानकारी दिए । घटना बारे थप अनुसन्धान भईरहेको लिम्बको भनाई छ । उनीहरुलाई अहिले इलाका प्रहरी कार्यलय नाम्चेमा राखेर अनुसन्धान सुरु गरिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने यस क्षेत्रमा केहि साता अगाडि ५४ वटा पासो थापेको र उक्त पासोमा परी सात वटा कस्तूरी मृग र एउटा गिद्ध मृत भेटिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१