अग्रवाल तारेखमा छुटे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ बैशाख २०७७, शुक्रबार ०५:२७

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई तारेखमा छाडेको छ ।

कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवाललाई बिहीबार नै जिल्ला अदालत, काठमाडौंले २५ लाख ५० हजार धरौटीमा छाडेको थियो । तर, अदालत परिसरबाटै प्रहरीले पक्राउ गरी उनलाई सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको थियो ।

विभागले उनीसँग बयान लिएको र लकडाउनपछि अनुसन्धान गर्ने गरी तारेखमा छाडेको विभागका एक अधिकारीले जानकारी दिए ।

अग्रवाल गत चैत २५ गते थर्मल गन कालोबजारीको आरोपमा काठमाडौंको नक्सालबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१