गैरीगाउँमा बम विस्फोट, ४ जना बालबालिकाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ बैशाख २०७७, शुक्रबार ०५:२४

काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा बम विस्फोट हुँदा ४ जना बालबालिकाको मृत्यु भएको छ ।

विष्फोटमा त्रिवेणी गाउँपालिका ४ का गौरब नेपाली त्रिवेणी ४ का १४ वर्षका नोछीराम डाँगी, पाँच वर्षका विजय खत्री, पाँच वर्षकै विमला खत्रीको ज्यान गएको हो ।

गाउँपालिका अध्यक्ष ओलीका अनुसार बिहीबार साँझ बाख्रा चराएर घर फर्किने क्रममा ४ जना बालबालिका बम विस्फोटमा परेका हुन् ।

बम विस्फोटबाट चारै जनाको घटनास्थलमै मृत्यु भएको छ ।

घटनास्थलमा अहिले अरु पनि विस्फोटक पदार्थ भेटिएको गाउँपालिका अध्यक्ष ओलीले जानकारी दिए ।

‘घटनास्थलमा अहिले अरु पनि विस्फोटक पदार्थ (बम) भेटिएका छन्,’ अध्यक्ष ओलीले खबरहबसँग भने, ‘ती बम डिस्पोजका लागि सेनाको टोली बोलाइएको छ ।’

अध्यक्ष ओलीका अनुसार घटनास्थलमा बमहरु छरिएका कारण विस्फोटमा परी मृत्यु भएका बालबालिकाको शव समेत उठाउन सकिएको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१