उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने १ हजार ८८९ जना नियन्त्रणमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ बैशाख २०७७, बिहीबार ०५:२५

काठमाडौं । प्रहरीले लकडाउन उल्लंघन गर्ने ४ सय ७९ महिला सहित १ हजार ८८९ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले आज बिहानदेखि बेलुकासम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

यसैगरी ६ सय ५९ वटा दुई पाङ्ग्रे र ५५ वटा चारपाङग्रे गरी ७ सय १४ वटा सवारी साधन पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट सबै भन्दा बढी १ हजार ४९०, ललितपुरमा ३५३ र भक्तपुरमा ४६ जनालाई नियन्त्रणमा लिएको हो ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउन जारी राखेको छ ।

लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१