विकास निर्माणका कामलाई सञ्चालन गर्न सरकारलाई निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ बैशाख २०७७, बिहीबार ०५:१८

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले आयोजना स्थलमा क्वारेन्टाइनको व्यवस्था गरी विकास निर्माणका कामलाई सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय गौरवका आयोजना र अन्य विकास आयोजनाहरुको काम सञ्चालन गर्न आयोजना स्थलमा क्वारेन्टाइनको व्यवस्था गरी काम अगाडि बढाउन निर्देशन दिएको हो ।

समिति सभापति कल्याणीकुमारी खड्काले कोरोना भाइरसको रोकथामका लागि लकडाउन लागु गरिए पनि विकास निर्माणका कार्यहरुलाई निरन्तरता दिन निर्देशन दिएको बताइन् ।

उनले भनिन्, ‘अहिलेको सन्दर्भमा हामीले राष्ट्रिय गौरवका आयोजनाहरु अन्य विकास आयोजनाहरुको प्रकृति हेरेर कार्यस्थलमै मन्त्रालयको मापदण्डअनुसार क्वारेन्टाइन तयार गरी निर्माण कार्यलाई निरन्तरता दिने वातावरण निर्माण गर्न समिति सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, खानेपानी मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण सम्पूर्णलाई हामी निर्देशन गर्न चाहन्छौं र गर्दछ ।

बैठकमा सांसदहरुले कारोना भाइरसको प्रभावबीच श्रमिकहरुको हितका लागि पनि विकास निर्माणका कार्यको सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । त्यसका लागि निर्माण सामग्रीको उपलब्धता सहज बनाउन, मजदुरको सुरक्षालगायतका विषयमा सरकारले ठोस नीति लिएर काम अगाडि बढाउनुपर्ने सांसदहरुले बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गणेशकुमार पहाडीले विकास निर्माणका काम अगाडि बढाउन निर्माण सामग्रीको उपलब्धता नभएसम्म सम्भव नरहेको बताए । ‘काम अगाडि बढाउन त भनियो तर निर्माण सामग्रीहरुको उपलब्धतामा समस्या छ । काम गर्ने मजदुरहरुलाई पनि सम्बन्धित ठाउँमा पु¥याउने विषयमा समस्या छ र त्यो लगायत विविध समस्याहरु छन्,’ उनले भने, ‘त्यसकारण यी समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा नेपाल सरकारले ठोस योजना बनाउनु पर्छ ।’

राष्ट्रिय जनता पार्टीका सांसद महिन्द्रराय यादवले विकासको सपना देख्ने तर काम गर्न नसक्ने प्रवृति यसअघि पनि रहँदै आएकाले र अहिले कोरोना भाइरसका कारण काम हुन नसकेपछि यसको बजेट अन्यत्र रकमान्तर गरेर अगाडि बढ्नुपर्ने सुझाव दिए ।

राजपाकै यस्तै अर्का सांसद अनिल कुमार झाले सुरक्षाको व्यवस्था गरेर विकास निर्माणको कार्यलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । काम गर्न नपाएर श्रमिक भोकै मर्ने अवस्थामा आइपुगेकाले पनि आयोजनाहरुलाई सञ्चालन गर्नुपर्ने सांसद झाले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१