चौथो त्रैमासमा तिर्नुपर्ने व्याजमा सहुलियत दिने राष्ट्र बैंकको घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ बैशाख २०७७, सोमबार ०५:५३

काठमाडौं । नेपाल राष्ट्र बैकले चौथो त्रैमासमा तिर्नुपर्ने व्याजमा सहुलियत दिने घोषणा गरेको छ ।

नेपाल राष्ट्र बैंकको ६५ औं वार्षिकउत्सवका अवसरमा गभर्नर महाप्रसाद अधिकारीले लिखित सम्बोधन गर्दै व्याजमा सहुलियत दिने घोषणा गरेका हुन् । केन्द्रीय बैकले कोरोना प्रभावित क्षेत्रलाई चालू पूँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई समेत थप सहज बनाउने भएको छ ।

गभर्नर अधिकारीले गरेको सम्बोधनका क्रममा पुर्नकर्जा कोषको कार्यविधि संसोधन गर्ने र अहिले कायम रहेको ६० अर्बको कोषलाई आवश्यकताअनुसार बढाउने समेत बताएका छन् ।

कोरोनाले असर गरेको क्षेत्रमा लिएको ऋणलाई पुर्नतालिकिकरण गर्ने र लकडाउनको अवधीमा भुत्तानी गर्नुपर्ने कर्जाको भूक्तानी अवधि समेत बढाउने व्यवस्था मिलाउने भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१