काठमाडौं । नेपालमा थप १ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ५० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा झापाका पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
कोरोना संक्रमण भएका व्यक्ति अहिले कोशी अस्पतालको सम्पर्कमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५२ पुगेको छ । आइतबार मात्रै पर्साको वीरगन्जका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया