सयौं विद्यार्थीका कारण सामाजिक दूरी कायम गर्न मुस्किल,लकडाउनपछि सबैभन्दा अन्तिममा शैक्षिक क्षेत्र खुल्छः शिक्षा मन्त्री

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ बैशाख २०७७, आईतवार ०५:२५

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले शैक्षिक संस्थाहरु लकडाउनपछि सबैभन्दा अन्तिममा खुल्ने क्षेत्र भएको बताएका छन् । उनले सयौं विद्यार्थीका कारण सामाजिक दूरी कायम गर्न मुस्किल हुने भएकाले यसो गर्नुपरेको बताए ।

शिक्षा पत्रकार समूहले कोरोना भाइरसको महामारीबाट शैक्षिक क्षेत्रमा उत्पन्न परिस्थितिका बारेमा शनिबार गरिएको भर्चुअल पत्रकार साक्षात्कारमा उनले यस्तो बताएका हुन् । उनले आइतबार मन्त्रीपरिषदले गर्ने निर्णयका आधारमा शैक्षिक कार्यक्रम र योजना बनाउने पनि जानकारी दिए । शिक्षा मन्त्रालयले गठन गरेको विज्ञ समितिले भोलि आइतवार सुझाव प्रतिवेदन बुझाउँदै छ ।

सरकार अझैपनि कोरोनाका कारण स्थगित विद्यालय तहको परिक्षा लिने योजनामा रहेको बताउँदै विपदको समय भएकाले परीक्षाको सट्टा आन्तरिक मूल्याकंन र अरु विधिबाट कक्षोन्नति गर्न सकिने विकल्प आइरहेको उनको भनाई थियो । विद्यालय तहको अन्तिम परिक्षा भएकाले १२ कक्षाको परीक्षा गर्नैपर्ने मन्त्री पोखरेलको भनाइ छ ।

स्थिति सामान्य भएको तेस्रो सातामा परिक्षा संचालन गर्न सकिनेगरी राष्ट्रिय परिक्षा बोर्ड तयारी गरेको उनले बताए । ‘घरकै खाना खाएर, नजिकैको विद्यालयमा सुरक्षित परीक्षा दिने व्यवस्था मिलाउनेछौं,’ मन्त्री पोखरेलले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१