कोरोना संक्रमणका कारण बेलायतमा ३१ जना नेपालीको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ बैशाख २०७७, आईतवार ०५:१५

बेलायत । बेलायतमा कोरोनाका कारण ३१ जना नेपालीको ज्यान गएको छ ।

लण्डनस्थित दूतावासका अनुसार शनिवारसम्मको तथ्यांक अनुसार ३१ नेपालीले बेलायतमा ज्यान गुमाएका हुन् ।

लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरणले बेलायतमा आज शनिबारसम्म ३१ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको बताए ।

कोरोनाबाट मृत्यु भएका नेपालीमध्ये गोरखा भूतपूर्व सैनिकहरुको संख्या बढी रहेको छ। दूतावासका अनुसार ३१ जनामध्ये २३ जना गोरखा भूतपूर्व सैनिकहरु छन्। त्यस्तै मृत्यु भएकामध्ये २९ जना पुरुष र २ जना महिला छन्।

कोरोनाबाट मृत्यु हुनेमा नेपालीमा सबैभन्दा बढी उमेर ९५ वर्ष र कम उमेर ३२ वर्ष रहेको छ ।

शनिबारसम्म बेलायतमा कोरोनाबाट बीस हजार ३१९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ४८ हजार ३७७ पुगेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१