सुर्यगढी सम्पर्क समितीले काठमाडौंमा रोकिएका ९९ जनालाई गाउँ पुर्यायो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०७७, शनिबार ०६:४३

काठमाडौँ | विश्व कोरोनाको महामारीको कहरमा गुज्रदै गर्दा नेपाल ३२ दिनदेखि लकडाउनमा छ । जारी लकडाउन खुल्ने कुरामा कुनै निश्चितता छैन । यस्तो अवस्थामा आ-आफ्नो गन्तव्यमा जान नपाई कयौं मानिस काठमाडौँमा रोकिएका छन् । यसै विषयलाई मध्येनजर गर्दै नुवाकोटको सुर्यगढी सम्पर्क समिती काठमाडौले शुक्रबार काठमाडौँमा समस्यामा रहेका विद्यार्थी, मजदुर तथा गाउँपालिकामा स्थायी घर भई समस्यामा रहेकाहरुलाई उद्दार गरेको छ ।

समस्यामा परेका र जारी लकडाउनका कारण काठमाडौँमै बस्न बाध्य भएकाहरुलाई सम्पर्क समितीले काठमाडौँको नयाँ बसपार्क छापोखरीबाट गाउपालिकासम्म निशुल्क बसको व्यवस्था मिलाएर ९९ जना पठाइएको सुर्यगढी सम्पर्क समिती काठमाडौले जनाएको छ । गाउँ जान चाहनेहरुले वा छुटेकाहरुले फेरी पनि आफ्नो नाम टिपाउन समेत सम्पर्क समितीले अनुरोध गरेको छ ।

समितिका अध्यक्ष दिपेन्द्र गिरीले आफ्नो फेसबुकमा लेख्दै भनेका छन् : यस नि:शुल्क बस सेवामा सहयोग गर्नुहुने समाजसेवी शंकर बा. प्यकुरेल इकाइ सभापती बुद्ध लामा सम्पर्क समितिका उपाध्यक्ष सुमन तामङ सचिब दिवाकर अधिकरी सदस्य दिपक अधिकरी सदस्य मधुकर ओझा जनजाती महासङका अध्यक्ष श्री कृष्ण तामाङ र रन्जन लमिछाने लगायत एकाइ सभापतिहरु र अन्य साथी हरुलाइ आभार ब्यक्त गर्दै कोइ जान बाट छुटेका छन भने जानकारी गराउनु हुन अनुरोध गर्द्छौ।

दिपेन्द्र गिरी

अध्यक्ष – सुर्यगढी सम्पर्क समिती काठमाडौ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१