सातै प्रदेशका विज्ञान प्रविधि मन्त्रीहरूबीच अनलाइन वार्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०७७, शनिबार ०६:१०

काठमाडाैं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा सातवटै प्रदेशका विज्ञान तथा प्रविधि विषय हेर्ने मन्त्रीहरु बीचमा अनलाइन बैठक भएकाे छ ।

काेराेनाभाइरस संक्रमणको महामारीको विषयलाई केन्द्रमा राखी आगामि दिनमा विज्ञान तथा प्रविधिको क्षेत्रलाई कसरी अगाडी वढाउन सकिन्छ भन्ने विषयमा अनलाईन वैठक सम्पन्न भएको हाे ।

बैठकमा यसअघि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले काेराेना संक्रमण प्रकोपको सामना गर्न सुझाव दिन गठित समितिका संयोजक पूर्व मन्त्री गणेस साह र समिति अन्तर्गतका विभिन्न छ वटा उप समितिहरुका संयोजकहरु मध्ये विज्ञान तथा प्रविधि क्षेत्रका चार उपसमितिका संयोजकहरुले धारणा राख्नुभएकाे थियाे ।

त्यस्तै, नाष्टका उपकुलपति डा. सुनिलवावु श्रेष्ठ, प्रडा रमेश मास्के, नास्टका प्राज्ञ दिनेश भुजु र विज्ञान तथा प्रविधि सचिव डा. सन्जय शर्माले आफू अन्तर्गत रहेको समितिले गरेका कामहरुको जानकारी गराउदै तिनै तहका सरकारले अव गर्नुपर्ने कामका बारेमा समेत धारणा राख्नु भएको थियाे ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिरजमणि पोखरेलका स्वकिय सचिव पुरन केसीका अनुसार प्रदेश मन्त्रीहरुले प्रदेश सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रमा गरेका विभिन्न कामका विषयमा जानकारी गराउनु भएको थियो ।

वैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले काेराेना प्रतिरोधात्मक र प्रतिरक्षात्मक प्रविधिको विकास र संघ, प्रदेश र स्थानीय तहबीच प्रविधि हस्तान्तरणमा संघीय मन्त्री पोखरेलले जोड दिनुभयो। अहिले दोस्रो पंक्तिमा रहेर विज्ञान प्रविधि मन्त्रालयले काम गरिरहेकाले स्थिति भयावह हुनेतिर अग्रसर भए देश भित्रै विकास गर्न सकिने प्रविधि र प्राविधिक तयार हुनुपर्नेमा उहाँकाे जाेड थियाे। साथै प्रविधि पूर्वाधारको पनि पूर्वाधार भएकले सवै तहका सरकारले आपसमा संयोजन गरेर नदोहोरिने गरी विज्ञान प्रविधिमा लगानी बढाउन पहल गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो।

आगामि दिनमा प्रदेश सरकार तथा केन्द्र सरकारको समन्वयमा प्रत्येक प्रदेशमा एकएक विषयमा सेन्टर फर एक्सेलेन्स खोलि विज्ञान तथा प्रविधिको विकासलाई अगाडि वढाउनु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१