आइतबारदेखि सामाजिक दूरी कायम गर्दै बालबालिकालाई लगाइने नियमित खोप सञ्चालन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०७७, शनिबार ०५:५६

काठमाडौं । लकडाउनका कारण विगत एक महिनादेखि रोकिएको बालबालिकालाई लगाइने नियमित खोप आगामी आगामी आइतबारदेखि सञ्चालन गर्ने तयारी गरिएको छ। विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गत चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनका कारण देशभरिका बालबालिकालाई दिइने आधारभूत खोप सञ्चालन हुनसकेको थिएन।

नियमितरूपमा लगाइने खोप लामो समयसम्म रोक्दा भविष्यमा यसले ठूलो स्वास्थ्य दुर्घटना निम्त्याउन सक्ने भन्दै दुई हप्ताअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधारभूतरूपमा लागाइने खोपहरु सामाजिक दूरी कायम गर्दै निरन्तरता दिन आग्रह गरेको छ। अहिले विशेष समय भएकाले खोप लगाउन मन्त्रालयले नियम पनि बनाइसकेकाले कुनै पनि बहानामा खोप कार्यक्रम नरोक्न मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ। मन्त्रालयले खोप सेवासँगै दीर्घरोगीको उपचार गर्न कुनै पनि बहानामा अस्पताललाई नपन्छिन आग्रह पनि गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१