लकडाउन बीच कागेश्वरी मनहरामा ७५ जनाद्वारा रक्तदान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ बैशाख २०७७, शुक्रबार १९:१७

काठमाडौं । कोरोना भाइरस (Covid-19) को महामारीले भएको लकडाउनको अवस्थामा पनि ७५ जनाले रक्तदान गरेका छन् ।कोरोना भाइरस (Covid-19) को कारण भएको रक्त अभावलाई परिपुर्ती गर्ने उद्देश्यले श्री गौरीनाथ महादेव मन्दिर संरक्षण समिति, नवश्रीजनशील युवा क्बल तथा कागेश्वरी मनोहरा न.पा वडा ८ द्वारा काठमाडौंको कागेश्वरी मनोहरा न.पा ८ मा भएको रक्तदान कार्यक्रममा ७५ जनाले रक्त दान गरेका हुन् ।लकडाउनको प्रतिकुल परिस्थितिमा पनि रक्तदानको लागि उल्लेख्य उपस्थित हुनु अत्यन्त राम्रो भएको नेपाल रेडक्रस भक्तपुर शाखाले जनाएको छ ।रक्तदानको लागि १०० जनाको अनुमान गरिएको भएपनि ७५ जनाद्वारा भएको रक्तदान संतोषजनक भएको आयोजक तथा मन्दिर संरक्षण समितिका अध्यक्ष सुजित के.सीले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१