कोरोनाबाट अमेरिकामा ५०,२४३ को मृत्यु : कुन राज्यमा कति ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ बैशाख २०७७, शुक्रबार १०:१३

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा मात्रै ५० हजार २ सय ४३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २० हजार ८ सय ६१ जना न्युयोर्कका मात्र रहेका छन् । अमेरिकामा संक्रमित ८ लाख ८६ हजार ७ सय ९ जनामध्ये न्युयोर्कका २ लाख ६८ हजार ५ सय ८१ जना रहेका छन् ।

न्युयोर्कपछि न्युजर्सी प्रभावित भएको छ । त्यहाँ ५ हजार ४ सय २८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या त्यहाँ १ लाख २५ पुगेको छ । त्यस्तै म्यास्साचुसेट्समा २ हजार ३ सय ६०, मिचिगनमा २ हजार ९ सय ७७, क्यालिफोर्नियामा १ हजार ५ सय ३०, पेन्सिलभेनियामा १ हजार ६ सय ८५, इलिनोइसमा १ हजार ६ सय ८८, सुसियानामा १ हजार ५ सय ९९ र कनेकटिकटमा १ हजार ६ सय ३९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१