अहिलेको रमदान उपासना घरमै गर्नु : डा. सैयद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ बैशाख २०७७, बिहीबार ११:५८

कोरोना महामारीले बिश्वभर नै तरंगित छ । हरेक राज्यले आफ्ना नागरिकहरुको ज्यान जोगाउन अहोरात्र गरेको प्रयासका बाबजुद पनि लाखौ मानिसहरु मृत्यको मुखमा पुगेका छन र धेरै वटा मुलुकको आर्थिक अवस्था नै धरासायी हुने चरम चिन्ता देखियको छ । बिश्व स्वास्थ्य संगठनले पनि नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको छ र अहिले सम्म ४२ जना संक्रमित भैसकेको यो विषम परिस्थितिमा रोकथाममा लागिहामी सम्पूर्ण नेपालीहरु सजग र चनाखो हुनै पर्छ ।
कोरोनालाइ महामारीको सज्ञा दिनासाथसंसार भरकै प्रभावित मुलुकहरुले भिडभाड हुने ठाउँहरु जस्तैधार्मिक मठ मन्दिर, मस्जिद, चर्च, स्कुल,रेस्टुरेन्ट र पार्क लगायतका सार्बजनिकस्थानहरुलाई हरेक मुलुकले आफ्ना नागरिकहरु बचाउनका लागि लकडाउन आव्हान गरिसकेको अवस्था छ ।
आउदै गरेको पर्ब रमदानमा मुस्लिम धर्मावलम्बीहरुले एक महिना सम्म उपासनाका कार्यहरु जस्तैउपबास बस्ने ,नियमित ध्यान,पाठ र दान दिई पून्यको कार्यहरु गर्ने गर्छन । यसै सन्दर्भमा समाजसेवी चिकित्सक तथा सामाजिक अभियन्ता डा. मनोर दिन सैयदले अहिलेको परिस्थितिलाई आंकलन गर्दै समुदायलाई रमदानका सम्पूर्ण कार्यहरु घर भित्रै गर्न, सामाजिक दुरी कायम गर्न, धार्मिक स्थलहरुमा मास्क । स्यानीटाइजरका साथदुरी कायम गरी केवल पुजारी,सहायक पुजारी ,कुचिकार र सुरक्षाकर्मी मात्रैरहनेबाताबरणबनाउन, बाहिरबाट कोहि पनि अपरिचित व्यक्तिहरुआएमा वडाकार्यालयया प्रहरीसंग समन्वय गरी क्वारेन्टाइनमा पुर्याउन सहयोग गर्न, राहतवितरण गर्दा पनि वडा र सुरक्षाकर्मी को सहकार्यमा दुरी कायम गर्न, भिडभाड नगर्न लगायतका कोरोना रोकथामका उपाय अबलम्बन गर्न आव्हान गर्नुभयको छ ।
अन्तमा: रास्ट्रिय खबर परिवारको तर्फबाट पनि रमदान पर्वको अग्रिम शुभकामना दिदै कोरोना रोकथामका लागि सरकार,सरोकारवालाहरु र सम्पूर्ण नेपाली एक भै यो महामारी अन्त्यको लागि जुट्न हार्दिक अनुरोध छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१