राहत नपाएको गुनासो गर्ने विद्यार्थीको कोठाबाटै २२ बोरा चामल बरामद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ बैशाख २०७७, बिहीबार ०५:५३

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले राहत नपाएको व्यापक गुनासो बढेपछि कीर्तिपुर नगरपालिकाले पनि उनीहरुलाई राहत दियो । खाद्यान्न लगायतका सामग्री दिएको नगरपालिकामा गुनासो अझै रोकिएन् ।

अझ कतिपय विद्यार्थीले त कीर्तिपुरकै बेइज्जत हुने गरी सामाजिक सञ्जालमा राहत नपाएकाले भोकभोकै मर्न लागेको भन्दै सन्देश प्रवाह गरे । त्यसपछि कीर्तिपुर नगरपालिका, स्थानीय प्रशासन लगायतले बुधबार अनुगमन गर्यो । अनुमगनका क्रममा त्रिविका विद्यार्थी अुगवा हेमराज थापाको कोठामा भने चामलको चाङ नै फेला पर्यो ।

राहत नपाएर विद्यार्थी भोकभोकै मर्ने भए भनेर उनले सामाजिक सञ्जालमा आव्हान गर्ने गरेपनि कोठामा भने चामल, दाल, तेल लगायतका सामग्री फेला पारेका थिए ।

सो नगरपालिकाले अहिलेसम्म ४ हजार भन्दा बढीलाई राहत वितरण गरिसकेको जनाएको छ ।

हेमराज थापाले भने नगरपालिकाले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् । उनले विद्यार्थीहरुका लागि सहयोग गर्न खाद्यान्न राखेको समेत बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१