पूर्वसचिव भीम उपाध्याय पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ बैशाख २०७७, बिहीबार ०५:५०

काठमाडौं । पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । प्रहरीले उनलाई बुधबार साँझ ललितपुर, कुसुन्तीस्थित उनको घरबाटै पक्राउ गरेको हो। सामाजिक सञ्जाल फेसबुकमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ ।

प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई पक्राउ गरेको एक प्रहरी अधिकृतले बताए । उपाध्यायलाई महानगरीय प्रहरी वृत सोह्रखुट्टैको हिरासतमा राखिएको छ। फेसबुक र ट्वीटरबाट अफवाह फैलाउने गरी प्रचारबाजी गरेको भन्दै उनलाई पक्राउ गरिएको बताइएकाे छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१