नेपालमा कोरोना जित्नेको संख्या पाँच पुग्यो, धनगढीका युवक पनि फर्किए घर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० बैशाख २०७७, बुधबार ०४:५९

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) अर्का एकजना पनि निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको संख्या पाँचजना भएको छन् ।

युएईबाट गत चैत ६ गते आएका कैलालीको धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय युवक मंगलबार निको भएर घर फर्केका हुन् । सेती प्रदेशिक अस्पतालमा उपचारपछि उनी मंगलबार घर फर्केको अस्पतालले जनाएको छ ।

यसअघि सोही अस्पतालमा उपचाररत एक युवा आइतबार डिस्चार्ज भएका थिए । अहिले उक्त अस्पतालमा तीन जना संक्रमित उपचारत रहेका छन् ।

धनगढीका युवकसँगै कोरोना पराजित गर्नेको संख्या पाँच पुगको छ । यसअघि काठमाडौंको टेकु अस्पतालबाट दुईजना, बागलुङस्थित धौलागिरि अस्पतालबाट एकजना र कैलालीस्थित सेती अस्पतालबाट एकजना उपचार गरेर घर फर्किएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१