पेट फुलेको सन्चो गर्ने घरेलु उपायहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ बैशाख २०७७, मंगलवार १८:१६

केही खानेकुरा, बानी तथा कुनै बिमारीको कारण पेट फुल्ने समस्या हुन सक्दछ । पेट डम्म भएको अनुभव हुने गर्छ । अधिकांस व्यक्तिको पेट फुल्ने कारण एरिटेबल बाउल सिन्ड्रोम, अल्सर जस्ता समस्याको कारण हुन सक्दछ । कलेजोमा इन्फेक्सन, हेपटाइटिस जस्ता रोगका कारण पनि पेट फुल्न सक्दछ ।

यहाँ केही त्यस्ता फलफुलहरु उल्लेख गरिएको छ जसले प्राकृतिक रुपमै पेट फुल्ने समस्याबाट छुटाकार दिलाउन सक्छ । यी उपायहरु सबै घरेलु किसिमका छन् । तपाईले आफ्नो घरमा उपलब्ध भएको सामान्य खानेकुराहरुको सहयोगले पनि फुलेको पेट ठिक पार्न सक्नु हुन्छ । यो जानकारी तपाईको स्वास्थ्य ठिक गर्नको लागि धेरै उपयोगी हुनेछ ।

कागती पानी

पेटलाई सफा गरेर अतिरिक्त पानी अनि ग्यांस निकाल्न कागनी पानी सबैभन्दा उत्तम पेयपदार्थ हो ।

फर्सी

यसमा भिटामिन ए, पोटाशियम र फाइबर पाइन्छ । यसले पाचन प्रक्रिया ठिक बनाउँछ ।

अदुवा

खानेकुरा पचाउन अदुवा जस्तो अर्को हुनसक्दैन । यसमा हुने एन्टी इन्फ्लेमेटरी क्वालिटिको कारण पेटले राहत पाउँछ ।

नरिवल पानी

पोटासियम प्रशस्त पाइने भएकाले नरिवल पानीले शरिरमा सोडियम सन्तुलनमा राख्न मद्धत गर्छ ।

दही

यसमा प्रोबायोटिक्स अर्थात शरिरलाई चाहिने ब्याक्टेरिया पाइन्छ । फुलेको पेटको लागि दही निकै राम्रो मानिन्छ ।

केरा

यसमा पाइने प्रशस्त पोटासियमले शरिमा सोडियम सन्तुलित गरि पेटको फुल्ने प्रक्रियामा पनि कमी ल्याउँदछ ।

कब्जियत (constipation) भनेको के हो ?

दिसा समयमा नहुने वा हुँदा निकै बल गर्नु पर्ने अवस्थालाई कब्जियत (constipation) भनिन्छ । सामान्यतय हप्तामा कम्तिमा ३-४ पटकसम्म दिसा हुनुलाई राम्रो मानिन्छ । तर दिनहु दिसा हुनेलाई पनि कब्जियत हुन सक्छ । त्यसकारण Constipation को ब्याख्या व्यक्ति अनुसार फरक पर्न सक्छ ।

गलत खानपान, वोसोयुक्त खानेकुराको सेवन तथा पानीको कम सेवनका कारण कब्जियतको समस्या हुने गर्छ । कब्जियत भएमा पेट सफा हुँदैन र पेटको फोहर बाहिर निस्कदा मलद्वारमा पिडा हुने गर्दछ । धेरैले कब्जियतलाई सामान्य रुपम लिन्छन् तर समयमै उपचार नगरेको अवस्थामा आन्द्रा सम्बन्धी गम्भीर समस्या निम्त्याउने भएकाले समयमै सर्तक हुन जरुरी छ ।

कब्जियतको कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्यास्ट्र्रिक, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेबल बवेल सिन्ड्राम, एसिडीटी, एपेन्डीसाइटिस, अपच, गुदद्वार खस्नु, डकार आउनु, चाया, पोतो, डन्डीफोर, आउनु, जोर्नी दुख्नु, हड्डी खिइनु, सुन्निएर विकृत हुनु जस्ता समस्या आउन सक्छ । शरीरमा रेशेदार तथा फाइबरयुक्त खानेकुराको कमी भएमा कब्जियत हुने गर्दछ ।

त्यसैले, हामीले सेवन गर्ने खानामा यस्ता खानेकुरा सामेल गर्न जरुरी छ, जसमा भरपूर मात्रामा फाइबर पाइयोस्, विशेष रोगावस्था जस्तै आन्द्राको घाउ, ट्युमर, प्यारालाईसिस, मधुमेह, थाइराइडिजम, पराकिन्सन जस्ता समस्याबाहेक अधिकांश कब्जियतको मुख्य कारण अप्राकृतिक जीवनशैली हो।

कब्जियत हुँदाका लक्षण

१. दैनिक विहान दिसा खलाश हुने गरी नहुन, दिसा कडा हुनु, बारंबार दिसा हुनु ।

२. भोक नलाग्नु ।

३. पेट भारी हुनु, पेट फुल्नु ।

४. ग्यासको समस्या हुनु ।

५. दिशा खलास नहुनु, दिशा कडा र सुख्खा हुनु ।

६. आलस्य, चिडचिडापन हुनु, अनिद्रा हुनु ।

७. टाउको दुख्नु, वाकवाक लाग्नु, छाती, घाँटी पोल्नु, आँखा पोल्नु ।

उचित विहार

विहारको गडबडीले पनि कब्जियत हुन्छ । विहार भन्नाले हामीले शरिर हल्लाएर गर्ने सबै गतिविधि हुन् । त्यसैले विहार जहिले पनि उचित हुनुपर्छ ।

१.उठ्दा, बस्दा, उभिँदा, हिँड्दा, जुनसुकै काम गर्दा जहिले पनि ढाड खुकुलो सिधा राख्नुपर्छ । जसले सबैतिर रगत संचालन सुचारु हुन सहयोग पुग्छ । विहार अनुचित गरेमा ढाड दुख्ने, नशा च्यापिने जस्ता समस्या आउनुकासाथै पाचन कृयामा गडबडी भई कब्जियत हुन्छ ।

२. खाना छिटो छिटो खाने बानीले पनि कब्जियत हुन्छ । खाना छिटोछिटो खानाले खाना ¥यालसंग मुछिन पाउँदैन र पाचन कृया ढिला हुन्छ । फलस्वरुप खाना भित्रै अड्किन्छ ।

३. त्यसैगरी एउटा खाना र अर्को खाना खाने समयको अन्तर करिब ४ देखि ५ घण्टा हुनुपर्छ । वीचमा घण्टा घण्टामा पानी मात्र लिनुपर्छ । वीचमा अर्को खाना खाएमा पहिलेको खाना पनि पच्न पाउँदैन र पछिको खाना पनि पच्न सक्दैन र कब्जियत हुन्छ ।

३.सुत्ने र उठ्ने समय नमिल्नाले पनि कब्जियत हुन्छ ।

–बेलुकी खाना खाने वित्तिकै सुत्नु हुँदैन । खाना खाएको करिब एक–डेढ घण्टापछि मात्र सुत्नु पर्छ । खाना खाने वित्तिकै सुत्नाले खाना पच्न ढिलो हुन्छ ।

–बिहान ढिला उठेमा पनि पचेर बाहिर निश्कासन हुन तयार भएको मल निस्कासन हुन पाउँदैन त्यसैले बेलुकी दस बजे र बिहान पाँच बजे उठ्नु उत्तम हुन्छ ।

४. दिशा बस्दा गर्ने गतिविधिले पनि कब्जियत हुन जान्छ । दिशा गर्दा बल बलले गर्नु हुँदैन । बल गर्दा मलद्धारमा घाउ हुने जस्ता समस्या हुन्छ।

रोकथाम

१. प्रशस्त पानी पिउने बानी बसाल्नु पर्दछ ।

२. चाउचाउ, बिस्कुट जस्ता तयारी खाना र बोतलमा पाइने चिसो पेय पदार्थको साटो उसिनेको पदार्थ, कोदो, फापर, चना भटमासजस्ता पोषिला खानाका साथै मही, महपानी या सर्बत आदि खाने बानी बसाल्नुपर्दछ ।

३. काम र आरामको निश्चित तालिका बनाउनुपर्छ । आराम र श्रम नियमित र सन्तुलित बनाउनुपर्दछ । निश्चित समयमा काम गर्ने, निश्चित समयमा खाने र निश्चित समयमा आराम गर्ने बानी बसाल्नुपर्दछ ।

४. दिसा आउँदा रोकेर राख्नु हुदैंन र दिसा लाग्ने बित्तिकै तुरुन्तै सबै काम छाडेर दिसा जानुपर्दछ ।

५. धेरै कम्मर कसिलो गरी पटुका या पेटी कस्नु हुदैंन ।

६. धेरै सागपात, हरिया, तरकारी सलाद, फलफूल प्रशस्त खानुपर्दछ ।

७. भोकै उपवास या कोची कोची धेरै खाना खाने गर्नुहुदैंन ।

८. तारेको, भुटेको, मसलादार खाना र माछा, मासु, अण्डाजस्ता मांसाहार त्याग्ने ।

९. सेतो चामलको बदला ढिकीमा कुटेको रातो चामल, मैदा बदला चोकर सहितको मोटो, पीठो, चिनीको बदला गुड खाने बानी बसाल्नुपर्दछ ।

१०. बोक्रा फालेको सफा दालको सट्टा टुसा निकालेको या अङकुररित गरेको गेडागुडी खाने बानी बसाल्ने ।

११. खाना खाने बित्तिकै सुत्नु हुदैंन । खाना खाएको २।३ घण्टामा पाचन प्रक्रिया सकिएको हुन्छ र सुत्न जाने ।

१२. मनमा कुरा खेलाउने, चिन्ता लिने, रिसाउने, डराउने, तनावको अबस्थामा आराम गर्ने ।

घरेलु उपचार

१. सानो हर्रो घिउमा भुट्ने र पिसेर धुलो बनाएर १ चिया चम्चा, सुत्ने बेलामा मनतातो पानीसँग पिउनुपर्दछ ।

२. इसबगोलको भुसी एक चम्चा बिहान साँझ पानी, दूध या अरु झोल कुरासँग पिउने ।

३. राजवृक्षको गुदी ५ ग्राम र मुनक्का २० ग्राम मिलाएर चटनी जस्तो पिसी बिहान साँझ खानाले पनि पेट सफा हुन्छ ।

४. एक भाग हर्रो, दुई भाग बर्रो, चार भाग अमला मिलाएर चूर्ण बनाउने र एक एक चिया चम्चा बिहान साँझ मनतातो पानी सँग पिउने ।

५. अदुवा पानी खानाले पनि कब्जियतलाई भगाउँछ । – अम्बा तथा मेवाको सेबनले पनि दिसालाई नियन्त्रण गर्दछ ।

६. गाँजरको जूस दिनको एक गिलास खाली पेटमा तथा स्याउ खानु फाइदाजनक हुन्छ ।

७. १ चम्चा मह तातो पानीमा मिसाएर बिहान खाली पेटमा खाने ।

८. दिनमा दुई तीन कोसा पाकेको केरा खानाले वा एक चम्चा सुप र अदुवाको धुलोमा थोरै वीरेनुन मिसाई राती सुत्ने बेलामा मनतातो पानीसँग खानाले कब्जियत रोग ठिक हुन्छ ।

९. घिउकुमारीको गुदी १० ग्राम बिहान खाली पेटमा खाने गर्नुपर्दछ ।

१०. सानो हर्रो, सौंफ र मिश्री बराबर तौल लिएर पिसेर चूर्ण बनाई आवश्यकताअनुसार १ या २ चम्चा सुत्ने बेलामा खाएर पानी पिउने गर्नुपर्दछ ।

११. सुकाएर अमलालाई पिसेर बनाएर चूर्ण १ चम्चा बिहान साँझ खाना पछि खाने ।

१२. खाना खानु १–२ घण्टा पूर्व नै १–२ गिलास पानी पिउने । – तोरीको तेलले बिहान बेलुका मालिस गर्ने ।

१३. बिहानको समय ३–४ कि।मि हिंडडुल गर्ने ।

कब्जियत हटाउने यस्ता छन् उपाय

१. धेरै रेशायुक्त खानेकुरा खाने

आफ्नो भोजनमा सागसब्जी, फलफूल र होल ग्रेनजस्ता रेशायुक्त खानेकुरा समावेश गर्नुपर्छ । भोजनमा सागसब्जी र फलफूलको मात्रा बढी हुनुपर्छ । रेशा (फाइबर)ले कब्जियत हुन दिँदैन र पेट सफा रहन्छ । तर दुधजन्य पदार्थ, मासु र तयारी (चाउचाउ र यस्तै प्याकेटका) खानेकुरा कब्जियत नहटुन्जेल भरसक नखाने र खाए पनि थोरै मात्र खाने । किनभने यी खानेकुरा रेशायुक्त हुँदैनन्।

२. पानी धेरै पिउने

हाम्रो पाचन प्रणालीले धेरै कुरा शरीरबाट निष्काशन गर्नुपर्ने हुन्छ । त्यसैले पानी धेरै पिउने, पानीले पाचन प्रणालीलाई निष्काशन गर्नुपर्ने विकार वा फोहर बाहिर निकाल्न सघाउँछ भने कतिपय अनावश्यक र बढी खनिज तथा भिटामिन निष्काशनमा पनि सघाउँछ ।

बिहान शौचालय जानु केही बेरअघि एक गिलास मनतातो पानीमा एक चिम्टी नुन हालेर पिउने र दुई मिनेट हलुका व्यायाम गर्ने । यसले पनि पेट सफा गर्न सघाउँछ।

३. व्यायाम

शारीरिक व्यायामले पाचन प्रणालीका मांसपेशीलाई सशक्त बनाउँछ र राम्रोसँग काम गर्न सघाउँछ । अर्थात ठोस भोजनलाई सहज रुपमा पाचन प्रणालीले पचाउँदै अगाडि पठाउँछ । त्यसैले सकेसम्म दैनिक रुपमा नै केही न केही व्यायाम गर्नाले कब्जियत घटाउन मद्दत पुग्छ।

४. नित्यकार्यका लागि बाथरुम जाने

कब्जियत छ भनेर शौचालय जान बन्द नगर्ने । जति बेला दिसा लागेजस्तो हुन्छ वा नलागे पनि सधैं शौच जाने समयमा शौचालय जाने । साथै पेट सफा हुन जति समय लागे पनि समय दिने ।
कहिलेकाहीँ यी नै उपायले पनि कब्जियत कम हुनसक्छ भने कतिपय अवस्थामा नहुन पनि सक्छ । त्यस्तो बेला कब्जियत हुने कारण पत्ता लगाउनु पर्ने हुनसक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१